जंगली आँपको अचार

Our kitchen chef, Barish Gahatraj, writes about a small variety of mango found wild in the forest around his village in Udayapur, very juicy and often turned into pickle.

ग्रीष्मयाम मा पाइने यो आँप विशेषत: जङ्गलमा पाइन्छ। गाउँघरतिर पाइने आँप भन्दा यो जंगली आँप एकदमै सानो, रसिलो, अनि खरिलो हुनेगर्दछ | यसमा गुदी कम तर रसको मात्रा चै धेरै पाइन्छ । गाउँघर तिर फल्ने आँपको तुलानामा अलि अगाडी नै पाक्ने यो जंगली आँप काँचोमा एकदमै अमिलो र पाकेपछि लाजवाफ गुलियो हुन्छ । 

सामान्यतया हाम्रो घरतिर यो जंगली आँप काँचो हुँदै अचार बनाउने प्रचलन छ । यसको अचार बनाउदा पहिला यसलाई 4-5 घन्टा घाममा सुकाइन्छ । अनि तोरीको तेल, तोरीकै छोप र मसलाहरु को प्रयोग गरेर यसलाई मोलिन्छ र जार मा गाढेर राखिन्छ । प्रत्यक दिन अचारलाई घाममा सुकाउनु पर्दछ । यसरी बनाएको जंगली आँपको अचार एक्दमै अमिलो, मिठो र धेरै समय सम्म राखेर खान मिल्ने हुनेरहेछ । 

रैथाने-भाइ बारिश

Leave a Reply

Your email address will not be published. Required fields are marked *